अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

काठमाडौँ- अखिल नेपाल फुटबल (एन्फा) ले बंगलादेशविरुद्धको खेलका लागि अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन् ।
बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको हो । एन्फा महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र दिए ।
यसअघि मधुसुदन उपाध्यायले चार वर्षसम्म नेपाली राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए । तर, ६ असारमा भएको निर्वाचनबाट एन्फामा नयाँ कार्यसमिति चयन भएसँगै उनी जिम्मेवारीमुक्त भए ।
नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले यसअघि कार्यवाहक प्रशिक्षकको रुपमा प्रदीप हुमागाँईलाई नियुक्त गरेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेका कारण एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी हुमागाइँलाई दिएको हो । अल्मुताइरीसँग विवादका कारण टिमबाहिर रहेका १० खेलाडीलाई पनि हुमागाँईले राष्ट्रिय टिममा समेटेका छन् ।
टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया