साफ महिला च्याम्पियनसीपका लागि नेपाली टिमको घोषणा

काठमाडौँ- महिला साफ च्याम्पियनसीप लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले साफ च्याम्पियनसीपका लागि २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालमा च्याम्पियनसीप आयोजना गर्दैछ । च्याम्पियनसीप अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ र र यसै समूहमा भुटान र श्रीलंका रहेका छन् ।
यता समूह ‘ए’ मा भने अघिल्ला पाँचवटै संस्करणका विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् । नेपाल र भुटानबीचको उद्घाटन खेल सेप्टेम्बर ६ मा हुनेछ ।
नेपाली टिमः
गोलरक्षकः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया