समाजवादीद्वारा मकवानपुर-१ का लागि उम्मेदवार सिफारिस

मकवानपुर । नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको उम्मेदवार सिफारिस गरेको छ । मकवानपुर जिल्लाको क्षेत्र नम्बर २ को क र ख मा यस अघि नै उम्मेदवार सिफारिस गरेको समाजवादीले क्षेत्र नम्बर १ का लागि अर्को सिफारिस गरेको हो ।
नेकपा एकीकृत समाजवादी पार्टीको प्रतिनिधि सभा क्षेत्र १ र प्रदेश 'क' र 'ख'को संयुक्त बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको सिफारिस गरेको हो । जसमा संघीय क्षेत्र नम्बर १ बाट बिशभ अधिकारी, यादव शर्मा र घन प्रसाद गौतमको नाम सिफारिस भएको छ। त्यसैगरी प्रदेश १ "क"मा प्रकास बानियाँ, उमा रेग्मी, ईस्मा राई र नारायण तिमल्सिनाको नाम सिफारिस भएको छ भने प्रदेश १ "ख"मा मधु अधिकारी, बिष्णु दाहाल, ध्रुब भुजेल र धन मोक्तानको नाम सिफारिस गरिएको प्रतिनिधि सभा क्षेत्र १ का पार्टी अध्यक्ष बिष्णु दाहालले बताए ।
पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेत, केन्द्रीय सदस्य मुनु सिग्देल, मधु अधिकारी जिल्ला अध्यक्ष सूर्यचन्द्र न्यौपाने लगायतका नेताहरुको उपस्थित भएको भेलाले उम्मेदवारको सिफारिस गरेको पार्टी जिल्ला सचिवालय सदस्य कविन पन्तले बताए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया