एकैदिन बालेनको सुनधारा, न्युरोड,दरबारमार्ग र बबरमहलमा 'एक्सन'

काठमाडौँ - काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह (बालेन) आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् ।
नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।
संरचना भत्काउनुअघि सम्बन्धित् पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले बुधबार सुनधारास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काएको छ ।
बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्यूरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ ।
यसैगरी महानगरले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउण्डमा आशंका गरेको हो ।
नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अन्डरग्राण्न्न्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अन्डरग्राउण्डबारे महानगरको चासो बढेको हो ।
बुधबार नै मेयर बालेन दरबारमार्ग पनि पुगेका छन् । दरबारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेन बुधबार नै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् ।
नक्सा पास विपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया