ब्राजिलियन फरवार्डलाई चीनमा ६ महिना प्रतिबन्ध
काठमाडौँ- चिनियाँ फुटबल क्लब हेनान सोङसान लङमेनका ब्राजिलियन फरवार्ड हेनरिक डोराडोले ६ महिनाको प्रतिबन्ध खेप्ने भएका छन् । चाइनिज सुपर लिगको खेलका क्रममा आइतबार रेफ्रीलाई हातपात गरेको आरोपमा डोराडोमाथि ६ महिना बढीको प्रतिबन्ध लाग्न सक्ने आईएएनएसले जनाएको छ ।
वुहान याङग्जे रिभविरुद्धको खेलका क्रममा १५ मिनेटभित्रै हेनान २-० ले पछि परेको थियो । सोही क्रममा १५ औँ मिनेटमा डोराडोले रेफ्री मा निङलाई हातपात गरेका थिए । त्यसपछि डोराडोलाई रातो कार्ड देखाइएको थियो ।
चाइनिज फुटबल एसोसियसनको नियम अनुसार रेफ्रीमाथि हातपात गरे खेलाडीमाथि कम्तिमा ६ महिनाको प्रतिबन्ध लगाइन्छ । दुई टिमको खेल भने २-२ को बराबरीमा टुंगिएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया