जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको छ ।
कार्यालयले स्थानीय तह र विभिन्न व्यक्तिहरूको सहयोगमा बौद्ध चैत्य निर्माण गरेको हो । प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार शान्तिको कामना गर्दै चैत्य निर्माण गरिएको हो ।
लमजुङमा गुरुङहरूको बाहुल्यता रहेको र उनीहरू बौद्ध धर्मावलम्बी रहेकाले उनीहरूलाई मध्यनजर गरी बनाइएको हो । लमजुङ र विश्व शान्तिका लागि उक्त बौद्ध चैत्य निर्माण गरेको बताए । चैत्यभित्र गौतम बुद्धको पाँच वटा पित्तलको मूर्ति राखिएको छ ।
उक्त चैत्य बनाउन क्व्होलासोंथर गाउँपालिकाले २ लाख रुपियाँ सहयोग गरेको छ । मर्स्याङ्दी गाउँपालिकाले १ लाख रुपियाँ सहयोग गरेको छ । डुम्रे–बेसीशहर–चामे सडक योजनाका प्रमुख, इन्जिनियर अच्युतविलास पन्तले ४ वटा पित्तलको मूर्ति सहयोग गरेका छन् ।
बेंसीशहर नगरपालिका ७ का निवर्तमान अध्यक्ष गोविन्द बस्नेतले बालुवा र गिट्टी सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका ७ का अध्यक्ष ऋषिराम बस्नेतले बालुवा सहयोग गरेका थिए ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया