रियलका स्ट्राइकर बेन्जेमा भन्छन्: रोनाल्डो गएपछि धेरै गोल गरेँ

काठमाडौँ- रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले पोर्चुगिज स्टार फुटबल क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि बढी गोल गरेको बताएका छन् ।
सुपर कपमा स्पेनिस ला लिगा क्लब रियलको कप्तानी गरेका ३४ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले रोनाल्डोले आफूलाई मैदान भित्र र मैदान बाहिर धेरै कुरा सिकाएको बताए । तर रोनाल्डोले रियल छाडेपछि आफूले धेरै गोल गरेको बेन्जेमाले बताएको बीबीसीले जनाएको छ ।
बुधबार राति भएको सुपर कपमा एन्ट्राच फ्रान्कफर्टलाई २-० गोलअन्तरले पराजित गर्दै रियलले सुपर कपको उपाधि जितेको थियो जसमा बेन्जेमाले एक गोल गरे ।
यससँगै बेन्जेमाले युरोपिनय च्याम्पयन रियलका लागि ३ सय २४ गोल पुरा गरेका छन् । उनी रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेका रोनाल्डोले ४ सय ५० गोल गरेका छन् ।
बेन्जेमाले गएको सिजनमा ४६ खेलमा रियलका लागि ४४ गोल गरेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया