संघीय निर्वाचनकै दिन विश्वकप फुटबल सुरु हुने !

काठमाडौं - फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिनअगाडि सार्न गृहकार्य सुरु गरेको छ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने गृहकार्य सुरु भएको हो ।
विश्व साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्न तयारी थालिएको फिफाले जनाएको छ।
जसअनुसार यस अघि नोभेम्बर २१ बाट सुरु हुने तय भएको विश्वकप अब नोभेम्बर २० बाटै सुरु हुनेछ। नेपाली पात्रोनुसार नोभेम्बर २० मंसिर ४ गते पर्छ । जुन दिन नेपालमा सरकारले संघीय निर्वाचन घोषणा गरेको छ । जसअनुसार नेपालमा संघीय निर्वाचन हुने दिन नै विश्वकप फुटबल सुरु हुने भएको हो ।
निर्णय सँगै उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। यसअघि तेस्रो खेलका रुपमा तय गरिएको घरेलु टोली कतार र इक्वेडरबीचको खेललाई उद्घाटनका दिन खेलाउन लागिएको हो।
यसअघि उद्घाटन खेलमा सेनेगल र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुने तय भएको थियो।
तर, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनुमोदन भने अनिवार्य रुपमा हुनुपर्नेछ, जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्नेछ । सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गर्ने छन्।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया