२०३० को विश्वकप आयोजनाका लागि उरुग्वे, अर्जेन्टिना, चिली र पाराग्वेको प्रस्ताव
काठमाडौँ – सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वले संयुक्त प्रस्ताव गरेको छन् । सन् १९३० मा प्रथम पटक भएको विश्वकप उरुग्वेले आयोजना गरेको थियो ।
उरुग्वेले विश्वकप आयोजना गरेको एक सय वर्षको उत्सव मनाउन सन् २०३० को विश्वकप आयोजनाका लागि प्रस्ताव गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । यता स्पेन र पोर्चुगलले पनि संयुक्त रुपमा विश्वकप आयोजनाका लागि प्रस्ताव गरेको छन् ।
सन् १९३० को विश्वकपमा उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै उपधि जितेको थियो । विश्वकप आयोजना भइरहने भएपनि आयोजनाको एक सय वर्ष केवल एक पटक आउने भन्दै साउथ अमेरिकन फुटबल कन्फेडेरेसनका अध्यक्ष अलेजान्द्रो डोमिङगुएजले उरुग्वेमा विश्वकप आयोजना हुनुपर्ने धारणा राखे ।
यसअघि चिलीले सन् १९६२ तथा अर्जेन्टिनाले सन् १९७८ को विश्वकप आयोजना गरेका थिए । फिफाले सन् २०२४ मा सन् २०३० को आयोजक छनोट गर्ने योजना बनाएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया