पहिरोले डुम्रे-बेशिसहर सडकखण्ड अवरुद्ध

लमजुङ- लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण गएरातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहित लेदो आएर सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।
सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्। पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।
गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे–बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया