आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

खेल जीवनबाट सन्यास लिएका टेभेज प्रशिक्षक नियुक्त

काठमाडौँ– अर्जेन्टिना फुटबल टिमका पूर्व फरवार्ड कार्लोस टेभेजले सन्यास लिएको केही दिनपछि नै अर्जेन्टिनी फुटबल क्लब रोसारियो सेन्ट्रलको प्रशिक्षक नियुक्त भएका छन् । रोजारियोले टेभेजलाई १२ महिनाका लागि सम्झौता गरेको जनाएको छ ।

म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी तथा बोका जुनियर्स जस्ता क्लबबाट खेलेका कार्लोसले जुन ४ मा खेलजीवनबाट सन्यासको घोषणा गरेका थिए । उनले गत वर्ष जुनमा बोका जुनियर्स छाडेका थिए ।

उनले विभिन्न क्लबका लागि ३ सय भन्दा बढी गोल गरे । टेभेजले अर्जेन्टिनाका लागि ७६ खेल खेल्दा १३ गोल गरेका थिए । सन् २०२१ मा बुवाको निधनपछि टेभेजले खेल्न छाडेका थिए ।