टेनेरिफेलाई ३–१ ले पराजित गर्दै जिरोना ला लिगामा बढुवा

काठमाडौँ- प्लेअफमा टेनेरिफेलाई ३–१ ले पराजित गर्दै जिरोना स्पेनिस ला लिगामा बढुवा भएको छ ।
टेनेरिफेको मैदानको खेलको ४१औं मिनेटमा क्रिस्टियन स्टुएनीले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमा कार्लोस रुइज एरेनागाले गोल गरेपछि टेनेरिफे खेलमा फर्किएको थियो ।
त्यसको नौ मिनेटपछि होजे लियोनबाट आत्मघाती गोल उपहार पाएपछि पुनः जिरोनाले अग्रता लिएको थियो । यस्तै, खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा अर्नाउ मार्टिनेजले गोल गरेपछि जिरोनाले ३–१ को जितसहित ला लिगामा आफ्नो स्थान पक्का गरेको छ ।
जिरोना सन् २०१८–१९ को सिजन ला लिगाबाट घटुवा भएसँगै दोस्रो डिभिजनमा लगातार पाँचौ स्थानमा रहेको जिरोना पछिल्लो सिजन पनि प्लेअफको फाइनलमा इल्चेसँग पराजित भएपछि शीर्ष डिभिजनमा उक्लिन सकेको थिएन ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया