मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौँ - केही वर्षअघिको बलात्कार घटनाका आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ ।
मुद्दामा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको उनले बताए ।
आठ वर्षअघि एक सुन्दरी प्रतियोगितामा भाग लिएकी १६ वर्षे किशोरीलाई बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया