पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गर्ने पक्राउ

काठमाडौं - युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।
उनलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । उनले ८ जनासँग ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा रोजित श्रेष्ठले पीडितहरुलाई उपलब्ध गराएको हवाई टिकट र भिसा समेत नक्कली भएको पाइएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया