बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

अवैध लागूऔषधसहित दुई पक्राउ

कैलाली । प्रहरीले लागूऔषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ। प्रहरीले भजनी नगरपालिका–६ बाट बर्दगोरिया गाउँपालिका–४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाहीलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनिसार ठकुल्लाले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १५ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन फेला पारेको जानकारी दिएको छ ।