जीवित कछुवाका बच्चासहित दुई पक्राउ

काठमाडौँ - काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।
कोटेश्वरस्थित एक क्याफे हाउसमा शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरूले प्रयोग गरेको बा९९प ४९४४ नम्बरको मोटरसाइकल र तीन थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया