९७ किलाे गाँजासहित तीन जना पक्राउ

मकवानपुर- प्रहरीले करिब ९७ किलाे अवैध लागूऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेकाे छ । मकवानपुरकाे भिमफेदी गाउँपालिका-९ चुनियाबाट ९६ किलो ८ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका-९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका-१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।
उक्त ठाउँमा ना.२ ह ३५६६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको सिटमा बोराभित्र लुकाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया