भक्तपुरमा साहुको हत्या गरेको आशंकामा चारजना पक्राउ

काठमाडौं- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा एक जनाको हत्या भएको छ । स्थानीय ५१ वर्षीय कल्याण साहुको हत्या भएको हो ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव फेला परेको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले साहुको हत्या आशंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन् । प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया