बलात्कार आरोपी तीन नाबालकलाई सुधारगृह पठाइयो

सप्तरी - जिल्ला प्रहरी कार्यालय सप्तरीले सामूहिक बलात्कार घटनाका आरोपित तीन नाबालकलाई बिहीबार बालसुधार गृह पठाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले उनीहरूलाई बालसुधार गृह वीरगञ्ज पठाएको हो ।
शम्भुनाथ मेला घुमाउन लगेर बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम भने पुर्पक्षका लागि राजविराज कारागारको थुनामा पुगेका छन् । घटनाका मुख्य आरोपित २० वर्षीय दिपक सरदार भने फरार छन्।
पूर्व–पश्चिम राजमार्गको दक्षिण शम्भुनाथ नगरपालिका–३ स्थित प्रसिद्ध शम्भुनाथ मन्दिरमा लाग्ने मेला घुम्न गएकी १७ वर्षीया बालिकालाई २ जेठमा आरोपित पाँच जनाले सामूहिक बलात्कार गरेको पीडितको आरोप रहेको छ।
पीडितका अनुसार आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी ट्यांकी छेउमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।
घटनाबारे घरपरिवारमा जानकारी गराएपछि पीडितका हजुरबुवाले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
उजुरीका आधारमा सप्तरी प्रहरीले तत्कालै सुरैतलाल र तीन नाबालकलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रहरीले ३ जेठमा पीडितको अस्पतालमा स्वास्थ्य परीक्षण गराई उजुरी दर्ता गरेको थियो ।
जिल्ला न्यायाधीश श्रेष्ठको आदेशमा आरोपित मध्ये सुरैत लाल पुर्पक्षका लागि थुनामा र अन्य तीन नाबालक बालसुधार गृह पठाउने आदेश भएको अदालतले जानकारी दिएको छ । पाँच जनामध्ये एक जना आरोपित अझै फरार रहेका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया