हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं - चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका–८ रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।
सोही नगरपालिका–३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया