फोटो फिचर

देवीको गहना खोज्‍ने जात्रा (फोटो फिचर)

अनुज बज्राचार्य | बैशाख १२, २०८१

काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । 

टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । 

त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । 

किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएकी थिइन् । त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविद्को भनाई छ । 

कतारी राजाको नेपाल भ्रमण : रातारात सडक मर्मत, ठाउँठाउँमा स्वागतद्वार (फोटो फिचर)

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज ...

सेतो मछिन्द्रनाथको रथ असनबाट हनुमान ढोका लगियो [फोटोफिचर]

अनुज बज्राचार्य | बैशाख ६, २०८१

काठमाडौँ- काठमाडौँ सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा बुधबार रथलाई हनुमान ढोका बाहिर रहेको का...