समावेशी आयोग र किसान आयोगबीच छलफल

काठमाडौँ : राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय किसान आयोगबीच छलफल भएको छ । समावेशी आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाको अध्यक्षतामा भएको छलफलमा किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
दंगालले भने,'कृषि सृष्टिकै महत्वपूर्ण पक्ष हो, यो रहेन भन मानद्र सभ्यता नै नरहने भएकोले तीनै तहका सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।'