जापानमा नेपालीहरुको संख्या हालसम्मकै उच्च

टोकियो- जापान सरकारको अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरुको तथ्यांक प्रकाशित गरेको छ । जसअनुसार सन् २०२३ डिसेम्बर ३१ लाई आधार मान्दा जापानवासी नेपालीहरुको संख्या १ लाख ७६र हजार ३ सय ३६ पुगेको छ ।

सन् २०१३ को अन्त्यय सम्ममा जापानमा बसोबास गर्ने नेपालीको संख्या ३१ हजार५ सय ३७ मात्र थियो । हाल यो संख्या बढेर १ लाख ७६ हजार ३ सय ३६ पुगेको हो । यसले आफ्नो अध्ययन वा रोजगारीको लागी कर्मथलोको रुपमा जापान रोज्ने नेपालीहरु बढ्नुको साथै दुई देशबीचको सम्बन्ध समधुर रहेको र अझ गहिरो हुँदै गएको देखाउँछ ।

हालै प्रकाशित तथ्यांकले जापानमा बस्ने नेपालीहरुलाई भिषाको आधारमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी रहेको र त्यसपछी क्रमशः डिपेन्डेन्ट परिवार, इन्जिनियर तथा अन्तराष्ट्रिय सेवा, कुक लगाएतका विशेष दक्षताका व्यक्तिहरु, स्थायी बसोबास गर्नेहरु,  निर्दिष्ट सीपका कामदारहरु, प्रशिक्षार्थी कामदारहरु, जापानी नागरीकका परीवारहरु आदि रहेको देखिन्छ ।

विद्यार्थीको हकमा सन् २००० मा करिव ३ सय १२ जना रहेकोमा हाल यो संख्या ५५ हजार ६ सय ४ पुगेको छ । गत वर्षसम्म जापानमा अध्ययन गर्ने कुल विदेशीहरुमा चीन, भियतनामपछि नेपालीहरु तेस्रो स्थानमा थिए भने यो वर्ष भियतनामलाई तेस्रो पार्दै नेपाली विद्यार्थीहरुको संख्या दोस्रो भएको छ ।

जापानमा बसोबास गर्ने नेपालीहरुको संख्यामा वृद्धि हुनुमा विविध कारणहरु हुन सक्छन् । नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि वा उज्वल भविष्यको खोजीमा विदेश जाने चलन भइसकेको छ ।

आर्थिक हिसावले मध्यम-वर्गीय परीवारबाट पनि हप्तामा २८ घण्टा काम गर्दै भाषा तथा व्यवसायिक शिक्षा लिन सकिने कारण जापान धेरै नेपाली विद्यार्थीहरुको लागी लोकप्रिय गन्तव्य बनेको छ । जापानी विश्वविद्यालयहरूले शैक्षिक अवसरहरूको साथसाथै उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्न वातावरण तयार पारेको छ ।

साथै विश्व विद्यालय भित्र वा बाहिर पनि विभिन्न किसिमका अवसरहरुको सम्भावना भएकोले उच्च-गुणस्तर शैक्षिक प्रणाली भएको देशको रुपमा पनि जापान परिचित छ र नेपाली लगायत विदेशी विद्यार्थीहरुका लागि आकर्षक गन्तव्य बनेको पाइन्छ ।

जापानमा आरुबाइतो भनिने पार्ट-टाइम जब गर्ने आर्थिक अवसर र अध्यन पश्चात रोजगारीका विकल्पहरू बढ्नुका साथै हाल नेपालबाट विद्यार्थीमा नभइ सिधै रोजगारीमा जापान आएर काम गर्न सक्ने दुबै देशबीच सम्झौता भएकाले कामदारहरूलाई पनि जापानतर्फ आकर्षित भइरहेका छन्, जो उत्पादन, सेवा र कृषिलगायत विभिन्न क्षेत्रमा सक्रिय छन् ।

नेपालीहरुको संख्या बढ्दै गएको समयमा उनीहरुको गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । त्यसो त जापानमा प्राय होटलको फ्रन्ट, कन्बिनियन्स स्टोर, ओनसेन र्योकान (तातोपानी भएको स्नान गृह), जेष्ट नागरिक स्याहार लगाएतका सेवामूलक काममा लागेका नेपालीहरु हँसिलो, आत्मिय, भाषा वा संस्कृति छिटो सिक्ने गरेको जापानीहरु बताउँछन ।

उनीहरु नेपालीहरुको व्यवहार हेरेर खुसी भएको र अन्य शाखा वा उपशाकामा नेपाली नै कर्मचारी थप्न लागेको जस्ता किस्साहरु पनि सुनाउने गर्दछन् । नेपालीहरूलाई आफ्नो नयाँ परिवेशमा सफल हुनका लागि जापानी भाषामा निपुणता पनि आवश्यक पर्दछ, जापानी तथा अन्य देशबाट आएका कर्मचारीहरु संग प्रभावकारी रूपमा सञ्चार वा संबाद गर्न, रोजगारीका अवसरहरूमा पहुँच गर्न र जापानी समाजमा पूर्ण रूपमा सहभागी हुन भाषाले ठुलो भूमिका खेल्दछ ।

जापानी भाषा सिक्नेले जापानी रीतिथिति र परम्पराहरूबारे बुझ्न र महसुस गर्न सघाउँछ । साथै सम्बन्धलाई अझ प्रगाड र गहिरो बनाउँछ । भाषा कै कारण जापानी समुदायलाई नेपालबारे चिनाउने अवसर पनि मिल्छ । यसरी साँस्कृतिक आदानप्रदानले नेपाली समुदायलाई जापानमा थप आरामदायी जीवनयापन गर्न मात्र नभई दुवै समूहबीचको आपसी सम्मान र सद्भावलाई प्रवर्द्धन गर्न पनि मद्दत गर्नेछ ।

नेपालमा नै विविधताबीचमा एकता अंगाल्दै साझा आधार खोज्न सक्षम हामी नेपालीहरुले जापानी समाजमा हुर्कदै गइरहेको विदेशीहरुसँगको सहअस्तित्व सहितको जीवनयापनमा अग्रणी भूमिका खेल्दै आएका छन् र यो दुवै समुदायका लागि लाभदायक पनि छ ।

जापानमा बढ्दो नेपाली जनसंख्याले अवसर र चुनौतीहरू दुवै ल्याएको छ । जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या बढ्दै गएको बेला उनीहरुको जीवनस्तर र जापानी समाजमा नकरात्मक प्रभाव पर्न नदिनेतर्फ पनि ध्यान दिनु आवश्यक छ । भाषा सिकेर सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिएर नेपाली समुदायले जापानको बहुसांस्कृतिक परिदृश्यमा सक्रिय रूपमा योगदान पुर्‍याउदै आएको कुरालाई आउँदा दिनमा पनि निरन्तरता दिनुपर्दछ ।

यदाकदा संचारमाध्यममा आउने नकरात्मक घट्नाहरुको न्युनिकरणका लागी जापानमा कृयासिल सबै संघ संस्थाहरुले  भूमिका खेल्नु आवश्यक देखिन्छ ।

आश, प्रयास र म

जिनत शेख | पुस ५, २०८०

मैले संसारलाई एक सुन्दर थलो सम्झिएको थिएँ । जहाँ मृगतृष्णा रमाउने गाउँ छ । जहाँ शिरीषको फूल फुल्...

जनयुद्धमा सहभागी हुँदा पनि पश्चाताप थिएन, पुटिनको सिपाही हुँदा पनि गुनासो छैन

प्रिय साथीहरू सार्वजनिक रुपमा एउटा जानकारी  म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि...

आजको आवश्यकता राजतन्त्रको पुनःस्थापना होइन गणतान्त्रिक लोकतन्त्रको सबलीकरण हो

सुमन बुढाथाेकी | मंसिर ११, २०८०

गणतन्त्रको राम्रो विकल्प समाजवादी गणतन्त्र हो न कि सामन्ती राजतन्त्र भन्ने विषयमा आजको पुस्ताले दोमन गर्नु हु...

भूकम्प पीडितलाई उपचार गरिरहँदा मेराे मनले साेध्याे : आखिर जनताले नेतासँग के नै खाेजेका रहेछन् र ?

तोसिमा कार्की | मंसिर २, २०८०

यो सालको भाइटीका मेरो विशेष रह्यो । आज शनिबार, त्यस दिनको कथा सुनाउँछु है...  बुवाको फोन...

भाइटीका छुटेपछि भूकम्प पीडित बस्तीबाट सांसद तोसिमा कार्कीको भाइलाई चिठ्ठी

इकागज | कात्तिक २९, २०८०

मलाई सबैभन्दा मनपर्ने चाडहरूमध्येमा पर्छ तिहार । फूल बत्ती र रङ्गोलीको सजावट । घरका ढोकामा आँगनमा बालिन...

ट्रेन टू सिओल

डिकर्ण मल्ल | असोज ७, २०८०

म हाल साम्राज्यवादी शक्तिपूजक वा आजको भुमण्डलीकृत पूँजीवाद नेतृत्वको अग्रपंक्तिमा रहेको मुलुक दक्षिण कोरि...