विश्व

अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा

इकागज |
माघ १४, २०७८ शुक्रवार ६:४२ बजे

फाइल फोटो

काठमाडौँ - अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । 

नर्वेली शरणार्थी काउन्सिल (एनआरसी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो सङ्ख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो ।


अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एनआरसीले भोकमरीको खतरामा रहेका अफगानी नागरिकका लागि खुलेर सहयोग गर्न पनि सवैलाई अनुरोध गरेको छ ।

तत्कालिन विद्रोही तालिवान समूहले राजधानी काबुलमा आक्रमण गरेकाले तत्कालिन राष्ट्रपतिले देश छाडेर भागेपछि तालिवान सरकार बनेको हो ।

अमेरिकाको समर्थन रहेको सरकारलाई हटाएपछि अमेरिकासहितका धेरै देशले तालिवान सरकारलाई सहयोग नगरेका हुन । 

वैदेशिक सहयोग अधिकांश कटौती भएपछि अफगानिस्तानमा अहिले आर्थिक संकट उत्पन्न भएको छ । 

अनुदारवादी चरित्र देखाउने र अलोकतान्त्रिक शासन चलाउने आशंका गर्दै तालिवान सरकारलाई अमेरिकासहित धेरै देशले सहयोग गर्न हिचकिचाएका हुन । तर तालिवान सरकारका अधिकारीहरुले भने आफुहरु अनुदार र अलोकतान्त्रीक नहुने दावी गर्दै आएका छन् । एजेन्सी


Author

थप समाचार
x