विश्व

गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

इकागज |
माघ १३, २०७८ बिहीबार १५:१२ बजे

मुम्बई – मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ ।

‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।


भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए । 
 


Author

थप समाचार
x