विश्व

अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिए

इकागज |
साउन २१, २०७८ बिहिवार २०:४९ बजे

काठमाडौँ - अफगानिस्तानमा एकै दिनमा २ सय ७४ तालिवान लडाकू मारिएका छन् ।  सरकारी सुरक्षाकर्मीको कारबाहीका क्रममा एकै दिनमा त्यती धेरै तालिवान लडाकू मारिएका हुन् । मुलुकका विभिन्‍न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु १ सय १९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् । 

लडाकूको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिबारे प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ । अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूका बीचमा झडप तथा भीडन्त हुने गरेको छ । अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौँका मृत्यु भएको छ भने लाखौँ मानिस पीडित  छन् ।  रासस 



Author

थप समाचार
x