विश्व

रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं -भारतका रेलमन्त्री अश्विनी

इकागज |
जेठ २१, २०८० आइतबार १४:५२ बजे

नयाँ दिल्ली - भारतका रेलमन्त्री अश्विनी वैश्णवले भर्खरै ओडिशामा भएको रेल दुर्घटना र  दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् । 

'यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन', मन्त्रीले भने । 


'हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं,' भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन् । 

विद्युतीय संकेत र अन्य विभिन्न कुराहरू यसका पछाडि  जिम्मेवार छन् तर त्यसको विस्तृत विवरण अहिले सार्वजनिक गर्नु नहुने उनको तर्क छ ।  


Author

थप समाचार
x