विश्व

मुम्बई आतंकवादी हमलाका सहयोगीको मृत्यु

इकागज |
जेठ १६, २०८० मंगलबार २१:२९ बजे

फाइल फोटो

नयाँ दिल्ली - सन् २००८ मा मुम्बईमा आतंकवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतंककारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल सलाम भुटावीको मृत्यु भएको छ ।

पाकिस्तानको कारागारमा उनको मृत्यु भएको हो । सोमबार दिउँसो निजको हुदयाघातका कारण मृत्यु भएको बताइएको छ । 


सन् २०१२ मा राष्ट्रसंघीय सुरक्षा परिषद्ले भुटावीलाई आतंकवादी घोषणा गरेको थियो । त्यसको केही वर्षपछि आतंकवादलाई प्रश्रय दिनका साथै आतंकवादीलाई वित्तीय सहयोग गरेको आरोपमा पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

अदालतले उनलाई दोषी ठहर गरेपछि उनी कारागारमा सजाय भोगिरहेका थिए । सन् २०२० को अगष्टमा उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो । मंगलबार उनको लाहोरमा अन्त्येष्टि गरिएको लस्कर ए तैबाका सदस्य सार्वजनिक गरेको भिडियोमा दाबी गरिएको छ । 
 


Author

थप समाचार
x