विश्व

मोटरसाइकल र्‍यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

इकागज |
जेठ १४, २०८० आइतवार १६:४३ बजे

ह्युस्टन - अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

गोलीबारी गिरोहसँग सम्बन्धित भएको पाइएको रेड रिभरका मेयर लिन्डा काल्हौनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनले सो काण्डमा तीन जनाको मृत्यु र पाँच घाइते भएको पुष्टि गरेका छन् ।


मे २५ देखि २९ सम्म चल्ने ४१औँ वार्षिक रेड रिभर मेमोरियल मोटरसाइकल र्‍यालीमा “विभिन्न पृष्ठभूमिका २८ हजार मोटरसाइकल” सो र्‍यालीमा सहभागी भएको वेबसाइटमा उल्लेख छ ।
 


Author

थप समाचार
x