विश्व

नौ हजारभन्दा बढी अफगानीद्वारा शरणका निम्ति आवेदन

इकागज |
जेठ १३, २०८० शनिवार १८:४८ बजे

फाइल फोटो

काबुल - एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली संघमा शरणका लागि आवेदन गरेका पाइएको छ ।
 
युरोपेली जनगणना ब्यूरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले संघका सदस्य राष्ट्रमा शरणका लागि आवेदन गरेका पाइएको छ । कुनै एक देशबाट शरणका निम्ति आवेदन गरिएको यो अभिलेख अहिलेसम्मकै उच्च हो । 

चालू वर्षको  प्रारम्भमा नै सङ्घका सदस्य राष्ट्रमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ । गत बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्यूरोले फेब्रुअरीमा मात्रै ७६ हजार पाँच सय व्यक्तिले संघका सदस्य देशमा शरणका लागि आवेदन बुझाएकाे र गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।


युरोपेली संघमा आबद्ध मुलुकमा सबैभन्दा धेरै शरण खोज्नेको सङ्ख्या सिरिया र अफगानिस्तानका नागरिकको रहेको छ । शरणका लागि आवेदनको ७७ प्रतिशत क्रमशः स्पेन, जर्मनी, फ्रान्स र इटालीमा दर्ता भएको छ । जर्मनीमा फेब्रुअरीमा २५ हजारभन्दा आवेदन परेका छन् । 


Author

थप समाचार
x