विश्व

प्रहरी अधिकारीको हत्या गरेको आरोपमा तीन जना पक्राउ

इकागज |
जेठ १३, २०८० शनिवार १७:१६ बजे

फाइल फोटो

सान साल्भाडोर - एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले शुक्रबार एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा तीन कथित गिरोह सदस्यलाई गिरफ्तार गरिएको घोषणा गरेका छन् । सो हत्या काण्डले यस महिनाको शुरुमा शहरको सैन्य घेराबन्दी निम्त्याएको थियो ।

अफिसर म्याक्सिमिनो भास्क्वेजको मे १६ मा भएको हत्याले बुकेलेलाई राजधानी सान साल्भाडोरबाट ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ३० हजार मानिस बसोबास गर्ने शहर नुभा कन्सेप्सियन वरपर ५,००० सिपाही र ५०० प्रहरी अधिकारीलाई “सुरक्षा घेरा” स्थापना गर्न आदेश दिन वाध्य बनाएको थियो ।


“हामीले हाम्रो नायकको हत्या गर्नेको ठूलो मूल्य चुकाउने वाचा गरेका थियौँ । हामीले उनीहरूको गुट नष्ट गर्यौं, उनीहरूका साथीलाई गिरफ्तार गर्यौं, उनीहरूका नेतालाई गिरफ्तार गर्यौं र आज हामीले तीन हत्यारालाई पक्राउ गर्यौं”, राष्ट्रपतिले ट्विटरमा उल्लेख गरेका छन् । 

अहिले हिरासतमा रहेकाले देशमा फेरि कहिल्यै आतंक मच्चाउन नसक्ने पनि राष्ट्रपतिको दाबी छ ।    पक्राउ पर्ने जोस अर्मान्डो ओचोआ गुटेरेज, फ्रान्सिस एन्टोनियो गोमेज काल्डेरोन र साल्भाडोर एनरिक पोर्टिलो लान्डाभेर्डे रहेका छन् ।  उनीहरूलाई हाल ग्वाटेमालाको हिरासतमा राखिएको छ ।

ग्वाटेमाला प्रहरीले ट्विटरमा २७ वर्षीय पोर्टिलो लान्डाभेर्डे एमएस–१३ गिरोहको सदस्य रहेको र एल साल्भाडोरको सिमानामा रहेको जुटियापा विभागमा हिरासतमा राखिएको बताएको छ ।

साल्भाडोरका महान्यायाधिवक्ता रोडोल्फो डेलगाडोले पत्रकार सम्मेलनमा अधिकारीले पोर्टिलो ल्यान्भाडेर्डेलाई “गोली चलाउने व्यक्ति” हो भनेर सार्वजनिक गरेका छन् ।

अभियोजकले तीनैजना विरुद्ध “उत्तेजित हत्या”को आरोपमा ३० देखि ५० वर्षको जेल सजायको माग गरेका छन् । गत वर्ष बुकेले गिरोह विरुद्ध एक विवादास्पद “युद्ध” शुरु गरेका थिए जसका कारण ६८ हजारभन्दा बढी सङ्दिग्ध गिरोह सदस्य वारेन्ट बिना पक्राउ गरिएको थियो ।

जनमतसङ्ग्रहका अनुसार साल्भाडोरनका बीचमा धर्मयुद्ध व्यापकरूपमा लोकप्रिय साबित भएको छ तर मानवअधिकार सङ्गठन र क्याथोलिक चर्चले बुकेलको तरिकाको आलोचना गरेका छन् । रासस


Author

थप समाचार
x