विश्व

भारतः इनारमा खसेर मृत्यु हुनेको संख्या ३५ पुग्यो

इकागज |
चैत १७, २०७९ शुक्रबार ११:५७ बजे

काठमाडौँ- भारतको मध्य प्रदेशमा एक मन्दिरको इनारमा खसेर मृत्यु हुनेको संख्या ३५ पुगेको छ । इन्दोर शहरको उक्त मन्दिरमा रामनवमी पर्व मनाउन भेला भएकाहरू इनारमा खसेको बीबीसीले जनाएको छ ।

३५ जनाको मृत्यु भएको तथा १४ जनाको उद्दार गरिँदा एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार इनारमाथि बनेको संरचनामाथि ठूलो संख्यामा मानिसहरु उभिएपछि उक्त दुर्घटना भएको थियो । मानिसहरू ४० फिट गहिराइको इरानमा खसेका थिए ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलेश्वर महादेव झुलेलाल मन्दिरमा भएको दुर्घटना निकै दुखद् भएको बताए ।

मध्य प्रदेशका मुख्य मन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई ५ लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।


Author

थप समाचार
x