विश्व

पोर्न स्टारलाई रकम दिएको आरोपमा ट्रम्पविरुद्ध मुद्दा

इकागज |
चैत १७, २०७९ शुक्रबार १०:५९ बजे

काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई आफूविरुद्ध नबोल्न ठूलो रकम दिएको अभियोगमा मुद्दा खेप्ने भएका छन् । पूर्व पोर्न स्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको दाबी गरेपछि उनलाई चुप लगाउन रकम दिएको दाबी गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकाको इतिहासमा पूर्व राष्ट्रपतिमाथि रकम भुक्तानी सम्बन्धि आरोपमा मुद्दा चलाउन लागिएको यो पहिलो पटक हो । यसले सन् २०२४ को अमेरिकी चुनावलाई समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।


म्यानहाटन अभियोजककर्ता एल्भिन ब्रागको कार्यालयले बिहीबार अभियोग पुष्टि गरेको र ट्रम्पका वकिललाई ‘उनको आत्मसमर्पणको समन्वय गर्न’ सम्पर्क गरिएको बताएका थिए ।

ट्रम्पमाथि विभिन्न ३० वटा आरोप लगाइएको छ । ट्रम्प सन् २०२४ को राष्ट्रपतिको निर्वाचनमा मुख्य उम्मेदवार रहेका छन् ।


Author

थप समाचार
x