विश्व

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

इकागज |
चैत ११, २०७९ शनिवार १९:२८ बजे

फाइल फोटो

वासिङ्टन - अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । 

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ ।


'मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,' स्थितिको भयानक तस्बीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेखेका छन् । 

उनले भने, 'हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौं । खोजी र उद्धार कार्य जारी छ ।' 

मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीयबासिन्दालाई सचेत रहन भनिएको छ ।

एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ । हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ । मृतक र वेपत्ताहरूको सङ्ख्या निके हुनसक्ने अधिकारीहरूले बताएका छन् । 

टिभीमा प्रशारित भिडियोमा आपतकालिन सेवाहरूले सहयोगको खाँचो परेकाहरूलाई पु¥याउने प्रयास गरिरहँदा घरहरु समतल भएको र सडकहरुमा भग्नावशेष छरिएको देखिएको छ । मेमाका मालरी ह्वाइटले भनिन्, 'जहाँसम्म आधिकारिक क्षतिको आँकलन शनिबार मध्यान्नसम्म असम्भव हुने देखिएको छ ।'

'अहिले हाम्रो मुख्य प्राथमिकता जीवन सुरक्षा हो र मानिसहरूको अवस्थाको लेखाजोखा र उनीहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु हो,' उनले सीबीएस न्यूजसम्बद्ध डब्ल्यूजेटिभीलाई भनिन् ।  

शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवातको चेतावनी जारी गरिएको थियो । तर स्थानीय समयअनुसार शनिबार बिहान २ः४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ । 
–––


Author

थप समाचार
x