विश्व

चार वर्षअघिको चुनावी सभामा राहुल गान्धीको त्यो भाषण, जसले दुई वर्षको जेल सजाय सुनाइयो

इकागज |
चैत ९, २०७९ बिहीबार १३:३६ बजे

काठमाडौँ - भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय भएको छ। गुजरातको सुरतस्थित सेसन अदालतले उनलाई मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको हो ।

दोषी ठहर गरेको २७ मिनेटपछि अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय र १५ हजार जरिबानाको फैसला समेत सुनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई अदालतले ३० दिनको जमानत दिएको छ। 


उनलाई सन् २०१९मा एउटा चुनाव र्‍यालीको दौरान ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है ?’ (सबै चोरहरूको थर मोदी किन हुन्छ ?)’ भन्ने बयानका आधारमा दोषी ठहर गर्दै इन्डियन पिनल कोड (आईपीसी) को ४९९ र ५०० बमोजिम सजाय सुनाएको छ। 

सन् २०१९ मा अप्रिल १३ मा गान्धीले कर्नाटकको कोलारमा भएको चुनावी र्‍यालीका क्रममा उनले भनेका थिए, 'चोरों का सरनेम मोदी है। सभी चोरों का सरनेम मोदी क्यों होता है, चाहे वह ललित मोदी हो या नीरव मोदी हो चाहे नरेंद्र मोदी।'

उनको यही अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टीका सांसद तथा पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका थिए।

३० दिने जमानतको समयमा उनले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।


Author

थप समाचार
x