विश्व

अफगानिस्तानमा शक्तिशाली भूकम्प : भारत र पाकिस्तानसम्म धक्का, दुई जनाको मृत्यु

इकागज |
चैत ८, २०७९ बुधवार ८:५९ बजे

काठमाडौँ - अफगानिस्तानका विभिन्न प्रान्तमा मंगलबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले ६.५ म्याग्निच्युडको भूकम्पको केन्द्र अफगानिस्तानको बदख्सानको जुर्म जिल्लाबाट ४० किलोमिटर दक्षिणपूर्व रहेको जनाएको छ । भूकम्पले राजधानी काबुललाई असर गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । 

भूकम्पको धक्का पाकिस्तानलगायत भारतमा पनि महसुस गरिएको समाचारमा जनाइएको छ । भूकम्पमा परी हालसम्म दुई जनाको ज्यान गएको अलजजिराले जनाएको छ । समाचारमा जनाइएअनुसार भूकम्पमा परी सयौं घाइते भएका छन् ।



Author

थप समाचार
x