विश्व

श्रीमती र छोराको हत्या गरेको आरोप लागेका वकिल दाेषी ठहर

इकागज |
फागुन १९, २०७९ शुक्रवार १६:५३ बजे

फाइल फाेटाे

काठमाडौं – आफ्नै पत्नी र छोराको हत्या गरेको अभियोग लागेर ज्यानसम्बन्धी मुद्दा खपिरहेका वकिल एलेक्स मर्डो ‘अपमानित’ भएका छन् । साउथ क्यारोलिनाका एक शक्तिशाली वकिल मर्डो आफूले करोडौं डलरको रकम हिनामिना गरेको अपराधबाट ध्यान विचलित गर्ने उद्देश्यले आफ्नै श्रीमती र छोराको हत्या गरेको आरोपमा दोषी ठहर भएका हुन् ।

छ हप्ताको सुनुवाइको अन्त्यमा जूरीले ५४ वर्षीय एलेक्सलाई हत्याको दुई वटा मुद्दामा दोषी ठहराउनु अघि लगभग तीन घण्टा छलफल गरेका थिए ।


प्रत्येकको हत्याको आरोपमा एलेक्सले प्यारोल बिना नै ३० वर्षको जेल सजाय भोग्ने भएका छन् । वाल्टरबोरोमा बिहीबार साँझको सुनुवाइको क्रममा आफ्नो सजाय थाहा पाएपछि एलेक्स निर्विघ्न रूपमा उभिएका थिए ।

साउथ क्यारोलिनाका शीर्ष अभियोजक, महान्यायाधिवक्ता एलन विल्सनले आजको फैसलाले कोही पनि कानुनभन्दा माथि नभएको प्रमाणित गरेको बताएका छन् ।

एलेक्स पत्नी म्यागी र छोरा पल  मर्डोलाइ ७ जुन २०२१मा नीजि निवासमा कुकुरको घर(केनेल) नजिक गोली हानेर मारिएको थियो । 


Author

थप समाचार
x