विश्व

टर्की भूकम्प : ज्यान गुमाउनेको संख्या ३७०० नाघ्यो, लाखौँ मानिस घरवारविहीन

इकागज |
माघ २४, २०७९ मंगलबार ७:३९ बजे

काठमाडौँ - टर्कीको भूकम्पका कारण तीन हजार ७०० जनाभन्दा धेरैको ज्यान गएको छ । सोमबार गएको भूकम्पमा परी अहिलेसम्म टर्कीमा दुई हजार ३०० जना र सिरियामा एक हजार ४४४ जना गरी तीन हजार ७४४ जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर कयौँ परकम्प गइरहेको अन्तर्राष्टंरिय सन्चार माध्यमहरूले जनाएका छन् । 


समाचारमा जनाइएअनुसार टर्कीमा मात्रै १४ हजारभन्दा घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । सिरियामा पनि कयौँ घाइते भएका समाचारमा उल्लेख छ । लाखौँ मानिस घरवारविहीन भएका छन् । 

रातभर पनि खोजी तथा उद्धारको काम जारी राखिएको बीबीसीले जनाएको छ । 

टर्कीले सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।

 


Author

थप समाचार
x