विश्व

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ५ सय नाघ्‍यो (तस्बिरहरू)

इकागज |
माघ २३, २०७९ सोमबार १३:३३ बजे

बेरुत- दक्षिणपूर्वी टर्कीको टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार पाँच सय नाघेको छ । भूकम्पले टर्की, सिरिया, लेबनान र इजरायल​मा पनि क्षति गरेको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । 


टर्की र सिरियामा पाँच सयभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्कीको सबैभन्दा ठूलो भूकम्प हुन सक्‍ने युनिभर्सिटी कलेज लन्डनका भूकम्पविद् स्टीफन हिक्सले बताए । टर्कीको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार ४० भन्दा बढी परकम्प गएको छ ।

लाखौं सिरियाली शरणार्थीहरू भूकम्पको केन्द्रबिन्दु नजिकै बस्छन् । 

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको संख्यामा घाइते भएका छन् । (एएफपी)


Author

थप समाचार
x