विश्व

विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने शिक्षक पक्राउ

इकागज |
माघ १९, २०७९ बिहीबार २२:२ बजे

फाइल फोटो

केन्या - केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा छ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ ।

उक्त फुटेजमा विद्यालयको पोसाकमा रहेका चार जना केटाहरूले विद्यालय परिसरको रूखमुनि यौन क्रियाकलापको नक्कल गरिरहेको देखाइएको छ ।


उक्त क्लिप (२९ सेकेन्ड लामो) को पृष्ठभूमिमा यी छ जना गफ गरिरहेको र एक नाङ्गा (शर्ट नलगाएका) बालकले आफ्नो अनुहारबाट आँसु पुछ्दै गर्दा हाँस्दै गरेको सुनिन्छ ।

राजधानी नैरोबीबाट करिब तीन सय किलोमिटर टाढापर्ने न्यामाचे भन्ने ग्रामीण सहरमा ‘विद्यालयका विद्यार्थीहरूलाई अशोभनीय कार्यको पर्दाफास गरेको’ भिडियो रेकर्ड गरिएको प्रहरीले जनाएको छ ।

एएफपीलाई प्राप्त एक रिपोर्टमा प्रहरीले पाँच महिला र एक पुरुष गरी छ जना शिक्षकलाई पक्राउ गरिएको र अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।

यस घटनाले केन्याली सामाजिक सञ्जालमा आक्रोश पैदा गरेको छ र धेरैले रूढीवादी, इसाई राष्ट्रमा कारबाहीको माग गरेका छन् ।

'यो निकै अपमानजनक छ । वयस्कहरूले बच्चाहरूलाई एक्लै छोड्न आवश्यक छ ! यो पनि के हो ?' एक प्रयोगकर्ताको ट्विटरमा पोस्ट गरिएको छ । 

'यो वास्तवमा यी बच्चाहरूका लागि हुनसक्ने ‘सबैभन्दा खराब’ दुब्र्यबहार हो । के यी शिक्षकहरूले यी बच्चाहरूलाई दिइरहेको आघातको बारेमा सोचेका थिए ?' अर्को व्यक्तिको ट्वीटर सन्देशमा भनिएको छ ।

शिक्षामन्त्री इजकिएल माचोगुले शिक्षकहरूलाई अनुशासनको कारबाही गरिने र दोषी पाइएमा बर्खास्त गरिने बताएका छन् । 

केन्याको यौन अपराध ऐनअनुसार अर्को व्यक्तिलाई अशोभनीय कार्य गर्न बाध्य पार्ने व्यक्तिलाई कम्तीमा पाँच वर्षको जेल सजाय हुनसक्छ । 
रासस


Author

थप समाचार
x