विश्व

अस्थायी आवासमा आगो लाग्दा आठ मजदूरको मृत्यु

इकागज |
माघ १९, २०७९ बिहीबार १७:३९ बजे

फाइल फोटो

मस्को - सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ । 


आगो दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो ।  दुईतले अस्थायी आवासीय भवनमा आगो लाग्दा एक सय ८५ जना कामदार थिए । 
 


Author

थप समाचार
x