विश्व

युक्रेनले किभ शिखर सम्मेलनमा ईयूको बाटोमा प्रगतिको आशा

इकागज |
माघ १९, २०७९ बिहीबार १०:२९ बजे

युक्रेन- युक्रेनले यस हप्ता किभमा युरोपेली सङ्घसँग शिखर सम्मेलन गर्ने  सरकारले मङ्गलबार घोषणा गरेको छ । यो सम्मेलनले युद्धबाट पीडित राष्ट्रलाई ब्लकको सदस्यताको नजिक ल्याउने आशा व्यक्त गरेको छ । रुसले आक्रमण गरेको करिब एक वर्षपछि यो घोषणा आएको छ ।

राष्ट्रका नाममा आफ्नो साँझको सम्बोधनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबारको शिखर सम्मेलनले किभले लामो समयदेखि सामेल हुन खोजेको २७ सदस्यीय समूहसँग उच्च ‘सहयोग र प्रगति’ प्रतिबिम्बित गर्ने आशा व्यक्त गर्नु भएको छ । 


‘हामी युक्रेनको लागि समाचार पर्खिरहेका छौं,’ जेलेन्स्कीले भने,  युक्रेनको राजधानीमा हुन लागेको शिखर सम्मेलनले साझेदार र शत्रु दुवैलाई शक्तिशाली संकेत दिएको प्रधानमन्त्री डेनिस स्मिगलले बताएका छन् ।

भ्लादिमिर पुटिनले सीमा पार गर्दै रुसी सेना पठाएको केही महिनापछि युक्रेनले गत वर्ष जुनमा ईयू उम्मेद्वारको हैसियत पाएको थियो । युरोपेली सङ्घको तर्फबाट शिखर सम्मेलनमा को–को सहभागी हुनेछन् भन्ने विवरण भने दिइएको छैन । (एएफपी)


Author

थप समाचार
x