विश्व

क्यानडामा भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति

इकागज |
माघ १७, २०७९ मंगलबार १६:५० बजे

फाइल फोटो

टोरन्टो - क्यानााडाको ब्राम्पटनस्थित गौरीशंकर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो । 

भारत विरोधी विकृत चित्र र  तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुर्‍याएको छ, हामी यसको घोर भत्र्ससना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ।' 


ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका छन् भने क्यानाडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाको स्थानको पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्वीटरमा भनेका छन् । 

क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए । 


Author

थप समाचार
x