विश्व

पाकिस्तान बम विष्फोटः मृत्यु हुनेको संख्या ८८ पुग्यो

इकागज |
माघ १७, २०७९ मंगलबार १३:११ बजे

काठमाडौँ- पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम आक्रमणमा परी मृत्यु हुनेको संख्या ८८ पुगेको छ । प्रहरी परिसर नजिकै रहेको मस्जिदमा बम विष्फोट हुँदा मृत्यु हुनेको संख्या ८८ पुगेको सरकारी अधिकारीहरूलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मुहमद असिमले पनि ८८ जनाको मृत्यु भएको पुष्टी गर्दै थप ५० जनाको उपचार भइरहेको बताए ।


प्रहरी अधिकारीले जनाए अनुसार मृत्यु हुनेमध्ये कम्तिमा २७ जना प्रहरी अधिकारीहरु रहेका छन् । मस्जिदमा प्रार्थना चलिरहेको समयमा बम विष्फोट भएको थियो ।


Author

थप समाचार
x