विश्व

पाकिस्तान बम विष्फोटः मृत्यु हुनेको संख्या ५९ पुग्यो

इकागज |
माघ १७, २०७९ मंगलबार ९:४८ बजे

काठमाडौँ- पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम आक्रमणमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ । प्रहरीकै परिसरमा रहेको मस्जिदमा बम विष्फोट हुँदा थप १ सय ५७ जना घाइते भएको सरकारी अधिकारीहरूलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मुहमद असिमले पनि ५९ जनाको मृत्यु भएको तथा १ सय ५७ जना घाइते भएको पुष्टी गरेका छन् ।


प्रहरी अधिकारीले जनाए अनुसार मृत्यु हुनेमध्ये २७ जना प्रहरी अधिकारीहरू रहेका छन् । मस्जिदमा प्रार्थना चलिरहेको समयमा बम विष्फोट भएको थियो ।


Author

थप समाचार
x