विश्व

जापानमा कोरोना संक्रमणका कारण एक महिनामा १० हजार बढीको मृत्यु

इकागज |
माघ १५, २०७९ आइतबार ८:५ बजे

टोकियो - जापानमा कोरोना संक्रमणका कारण एकै महिनामा १० हजार बढीको मृत्यु भएको छ । शनिबार देशभर कोभिडका कारण २५२ जनाको मृत्यु भएको छ । योसँगै कोभिडका कारण जनवरी महिनामा १० हजारभन्दा बढीको  मृत्यु भएको हो ।    

प्रान्त सरकारहरूको विवरणअनुसार जनवरीको २८ तारिक शनिबारसम्म यो महिनामा १० हजार १२४ जना बिरामीको मृत्यु भएको छ । केही महिना अघिदेखि कोरोना संक्रमितको संख्या बढेसँगै  मृत्यु हुनेको संख्या बढेको हो। एकै महिमामा १० हजार बढीको मृत्यु भएको यो पहिलो पटक हो । 


डिसेम्बरमा महिनामा ७ हजार ६०० जनाको मृत्यु भएको थियो । जनवरीको अन्तिम साता भनें दैनिक रूपमा थपिने  नयाँ संक्रमितको संख्या केही घटेको छ । जापानले मे महिनादेखि कोरोनाको संक्रमणको स्तरलाई घटाएर मौसमी रुघाखोकीको स्तरमा राख्ने भएको छ ।


Author

थप समाचार
x