विश्व

भारतीय सेनाको दुई लडाकु विमान दुर्घटनाग्रस्त

इकागज |
माघ १४, २०७९ शनिवार १६:३० बजे

काठमाडौँ- इन्डियन एयर फोर्सको दुई वटा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । इकोनोमिक्स टाइम्सले जनाए अनुसार दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

अभ्यासका क्रममा मध्य प्रदेशको मोरेना जिल्लामा सुखोइ ३०एमकेआई तथा मिराज-२००० विमान दुर्घटनामा परेको समाचारमा जनाइएको छ । अभ्यासमा तीनजना पाइलट संलग्न रहेको तथा ती मध्ये एकजनाको मृत्यु भएको हो ।


प्रारम्भिक समाचार अनुसार दुबै विमान आकाशमै ठोक्किएको हुन सक्ने आशंका गरिएको छ । तर सैन्य अधिकारीहरुले भने यसबारे केही जानकारी भने दिएका छैनन् ।


Author

थप समाचार
x