विश्व

इराकको पुनः निर्माणमा चीनले सघाउने

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १५:२४ बजे

फाइल फोटो

काठमाडौँ - चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुनः निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ । 

साउदी अरबको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक क्षेत्रको पुनर्निर्माण, उद्योगहरूको स्थापना,इराकी जनताको जीवन यापनमा सुधार, दिगो विकासका निम्ति निरन्तर सहयोग गर्ने बताएका हुन् । 


इराकी प्रधानमन्त्री मोहम्मद शिहा अल सुडानीसँग आज यहाँ भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा मन्तव्य व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सीले इराकलाई सहयोग गर्ने बताए । रासस


Author

थप समाचार
x