विश्व

जर्मनीले संसद आक्रमणको योजना ध्वस्त बनायो

इकागज |
मंसिर २१, २०७९ बुधवार १५:१९ बजे

फाइल फोटो

काठमाडौँ - जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसदमा आक्रमणको योजना बनाएको आशंकामा अति दक्षिणपन्थी आतंकवादी समूहका सदस्यहरु २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

राष्ट्रव्यापी छापा मार्ने क्रममा तीन हजार भन्दा बढी सरकारी अधिकारीसहित आतंककारीविरुद्ध संलग्न रहेका समूहले    बिहानको सयम कारबाही शुरु गरेको थिए । एक सय ३० भन्दा बढी सम्पत्तिहरू खोजी गरेका जनाइएको छ । यस कार्यलाई जर्मन सञ्चार माध्यमले ठू– ठूला प्रहरी कार्यहरु मध्ये एक भएको बताएको छ । 


‘सानो सशस्त्र समूहसँग जर्मन संसदमा हिंसात्मक रूपमा जबरजस्ती गर्न ठोस तयारी गरेको’ आशंका गरिएको ‘रेचका नागरिक’ (रेच्सबर्गर) आन्दोलनका कथित सदस्यहरूलाई लक्षितगरी छापा मारिएको अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा बताएका छन्  । 

पक्राउ परेकाहरुलाई पछिल्लो समय नोभेम्बर २०२१ को अन्त्यसम्ममा एउटा आतंकवादी समूह बनाएको आरोप लगाइएको छ ।  यस समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको उनीहरूले जानकारी दिएका छन् । पक्राउ परेका २५ मध्ये दुई जना अस्ट्रिया र इटालीमा रहेका जनाइएको छ । 

रेच्सबर्गर आन्दोलनले आधुनिक जर्मन गणतन्त्रको वैधतालाई अस्वीकार गर्ने नव–नाजीहरू, षड्यन्त्र सिद्धान्तवादीहरू र बन्दुक उत्साहीहरु समावेश रहेको छ । ‘संदिग्ध आतंकवादी योजना ध्वस्त गरेकोमा न्याय मन्त्री मार्को बुशम्यानले ट्वीटरमार्फत प्रशंसा गर्नु भएको छ ।  यसले जर्मनीले आफ्नो लोकतन्त्रको रक्षा गर्न सक्षम भएको देखाएको मार्कोले बताएका छन् । रासस
 


Author

थप समाचार
x