विश्व

जापानको अर्थतन्त्रमा अप्रत्याशित संकुचन

इकागज |
मंसिर १७, २०७९ शनिवार ७:५९ बजे

टोकियो- जापानको अर्थतन्त्र एक वर्षमा पहिलो पटक अप्रत्याशित रूपमा संकुचित भएको छ ।  जीवनयापनको बढ्दो लागतले उपभोक्ता र व्यवसायहरूलाई असर गरेको छ । सेप्टेम्बरको अन्त्यसम्मको तीन महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक १.२ प्रतिशतले घटेको छ ।

यद्यपि, अर्थशास्त्रीहरूले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले यस वर्ष पुनः उछाल गर्दै मन्दीबाट बच्ने अपेक्षा गरेका छन् । ‘हामी सन् २०२२ को अन्त्यसम्म विस्तारमा फर्किने अपेक्षा गरिरहेका छौं’ क्यापिटल इकोनोमिक्सका जापानी अर्थशास्त्री ड्यारेन टेले लगानीकर्ताहरूलाई एउटा नोटमा भने ।


जापानी अर्थतन्त्रले ‘इनबाउन्ड पर्यटनमा सुधार र बलियो व्यापार सन्तुलनबाट लाभ उठाउनेछ । तर, भाइरस जोखिम र बढ्दो मुद्रास्फीतिले रिकभरीको हदलाई सीमित गर्नेछ’, उनले थपे । विश्व अर्थतन्त्र सुस्त र विश्वभर मुद्रास्फीति बढ्दै जाँदा, अमेरिकी डलरको तुलनामा आफ्नो मुद्राको मूल्यमा गिरावट आएपछि जापानले संर्घष गर्नु परेको छ ।

येनको हालैको गिरावटलाई जापान र अमेरिकाको ब्याज दर बीचको भिन्नताले प्रेरित गरेको छ । मार्चदेखि अमेरिकी केन्द्रीय बैंकले आक्रामक रूपमा आफ्नो मुख्य ब्याज दर बढाएको छ किनकि यसले जीवनयापनको बढ्दो लागतलाई सम्बोधन गर्ने प्रयास गरेको छ ।

यसैबीच बैंक अफ जापानले आफ्नो प्रमुख ब्याजदर शून्यभन्दा तल राखेको छ । उच्च ब्याज दरहरूले लगानीकर्ताहरूलाई मुद्रालाई अझ आकर्षक बनाउँछ ।

नतिजाको रूपमा कम दर भएका देशहरूबाट मुद्राहरूको लागि कम माग छ र ती मुद्राहरूको मूल्य घट्छ । एजेन्सी


Author

थप समाचार
x